पोखरा १९ पुरन्चौर/लामाचौरमा कांग्रेसका पुष्पेन्द्र पाण्डे वडाध्यक्ष निर्वाचित, ४ सदस्य एमाले

समाधान संवाददाता २०७९ जेठ ९ गते १८:११

पोखरा ।

पोखरा १९ को वडाध्यक्षमा पुष्पेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले एमालेका इमानराज पौडेललाई पराजित गरेका हुन् । पाण्डेले २ हजार ५ सय ५४ मत ल्याए । पौडेललाई २ हजार ५ सय ३ मत प्राप्त भयो ।

उक्त वडाको अरु ४ सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया