माछापुच्छ्रे गाउँपालिकाकाे पहिलाे निर्णय: छोरीको नाममा खाता खाेल्ने

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दा प्रमुख÷उपप्रमुखले विभिन्न खाले निर्णय गरेका छन् ।
माछापुच्छ्रे गाउँपलिकाले बालिकालाई भविष्यमा सघाउन बैंक तथा वित्तीय संस्थामा १ हजारको खाता खोल्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष मीनबहादुर गुरुङ र उपाध्यक्ष सीता अधिकारीले सोमबार पदभार ग्रहण गर्दै छोरी जन्माउने दम्पत्तिलाई प्रोत्साहन गर्ने त्यस्तो कार्यक्रम ल्याएका हुन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले पालिकाभित्र स्थायी ठेगाना भई बसोबास गर्ने नागरिकबाट जन्मिने छोरीको नाममा १ हजारको खाता खोल्न लागेको जानकारी दिए । उनले पालिकाले कार्यविधि बनाएर कार्यक्रमलाई दिगो र व्यवस्थित गर्ने बताए । पितृसत्तात्मक सोच तथा छोराप्रतिको मोहको कारण महिलाको गर्भमा रहेको शिशुको लिंग पहिचान गरी भ्रूण हत्या गर्ने गलत प्रवृत्ति बढिरहेका बेला पालिकाले छोरी बचाउनका लागि त्यस्तो कार्यक्रम ल्याएको हो ।







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया