पोखरामा मतगणना स्थगित
समाधान संवाददाता
२०७९ जेठ १० गते १३:४५

पोखरा ।
एमालेतर्फका प्रतिनिधि मतगणना स्थल छोडेर हिडेपछि पोखरा महानगरको मतगणना स्थगित भएको । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना रोकिएको जानकारी दिएको छ ।
वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो । वडा नम्बर १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा ३२९२ मत मध्ये सूर्यले १६४० र कांग्रेसले १६४३ मत प्राप्त गरेको छ । मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।
वडा नम्बर २२, ३२ र ३३ को मतगणना भइरहेको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया