कास्कीको मादी गाउँपालिकाकाे निर्णय: अपांग र ज्येष्ठ नागरिकको परिचय–पत्र डिजिटलाइज गर्ने

पोखरा l
कास्कीको मादी गाउँपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसंगै प्रमुख-उपप्रमुखले विभिन्न खाले निर्णय गरेका छन् । मादी गाउँपालिकाले जटिल रोगका बिरामीलाई उपचार खर्च २० हजार पुर्याउने निर्णय गरेको छन् । गाउँपालिकाले त्यस्ता बिरामीलाई यसअघि १० हजार उपलब्ध गराउँदै आएको थियो । पालिकाले अबदेखि उपचार सहयोग २० हजार पुर्याउने निर्णय गरेको छ ।
अध्यक्ष देवीजंग गुरुङले पदभार ग्रहण गर्दै जटिल रोग लागेका बिरामीको उपचारमा धेरै खर्च लाग्ने र हौसला स्वरुप २० हजार पालिकाले दिने निर्णय गरेको बताए । आर्थिक अवस्था कमजोर भएका मुटु, मिर्गाैला, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमिया, कडा मानसिक रोग तथा पूर्ण अपांग भएकालाई दीर्घ रोगको पहिचान भएको डाक्टरको सिफारिसका आधारमा एक पटकका लागि २० हजार उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।
यस्तै, पालिकाभित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पूर्ण अशक्त अपांग, दीर्घ रोगी तथा सुत्केरी महिलालाई पालिकाबाट सञ्चालित एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय भएको छ । प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण पालिकाको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदा तथा जातीय समुदायको मौलिक सस्कृति, परम्परा, चालचलनलाई अक्षुण राख्दै तिनीहरुको संरक्षण सम्बद्र्धन र विकास गर्न आवश्यक नीति निर्माण गर्ने निर्णयसमेत गरेको छ ।
उपाध्यक्ष कल्पना गुरुङले पालिका भित्रका ज्येष्ठ नगारिक र अपांगको पहिचानका लागि क्युआर कोडसहितको परिचयपत्र वितरण गर्ने निर्णय गरेकी छन् । पालिकामा अपांग र ज्येष्ठ नागरिकको परिचय–पत्र डिजिटलाइज गरी क्युआर कोडसहितको डिजिटल परिचय–पत्र वितरण गरिने भएको छ । मादीमा कांग्रेसबाट अध्यक्ष देवीजंग र एमालेबाट उपाध्यक्ष कल्पना निर्वाचित भएका हुन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया