स्वागतम सहकारीको रक्तदान

समाधान संवाददाता २०७९ जेठ १० गते १४:३९

पोखरा l

स्वागतम बहुउद्देश्यीय सहकारीले शनिबार आयोजना गरेको रक्तदानमा २५ युनिट रगत संकलन भएको छ । पोखरा नयाँबजारमा कार्यालय उद्घाटनसँगै रक्तदान आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ गण्डकी प्रदेश समन्वय समितिका सदस्य तेजनारायण अधिकारीले आर्थिक समृद्धिसँगै सुखद यात्रा को सरुवात भएको बताए । कांग्रेस गण्डकी सभापति शुक्रराज शमाले आर्थिक उन्नतिका लागि सरकार, निजी क्षेत्र र सहकारीको हातेमालो जरुरी भएको बताए ।

सहकारीका अध्यक्ष सुशील नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार कार्यालय पोखराका अर्जुन ज्ञवाली, सहकारीका कोषाध्यक्ष कमला सुनार र रवि विकले बोलेका थिए ।

तपाईको प्रतिक्रिया