बुधबार पोखरामा गठबन्धनको विजय र्‍याली

समाधान संवाददाता २०७९ जेठ १० गते २१:३६

पोखरा ।

जित सुनिश्चत भएपछि पोखरामा ५ दलीय गठबन्धनले बुधबार विजयी र्‍याली गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले बुधबार बिहान ११ बजे र्‍याली सभागृहबाट सुरु हुने र नयाँसडक, चिप्लेढुंगा, महेन्द्रपुल र नयाँबजार हुँदै प्रदर्शनी केन्द्रमा सभा हुने जानकारी दिए ।

मेयरमा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको जित सुनिश्चत भइसकेको छ । आचार्यले प्रतिस्पर्धी एमालेका कृष्ण थापासँग गन्न बाँकी मतभन्दा बढी मतान्तर गरेका छन् । कांग्रेसले पोखराका २२ वटा वडाका अध्यक्ष जितिसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया