पाेखराकाे १६ औं मेयरमा धनराज र उपमेयरमा मञ्जु निर्वाचित

पोखरा।
पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा मञ्जुदेवी गुरूङ पाेखराकाे १६ अाैं मेयरमा निर्वाचित भएका छन् । आचार्यले ५८ हजार ८ सय ९३ मत र गुरुङले ६० हजार ५ सय ४६ मत ल्याएर निर्वाचित भएकी हुन् ।
एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । थापा र अाचार्य बीचको मतान्तर ६ हजार ४५ छ । राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत ल्याए ।
उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले गठबन्धनबाट उमेदवार काेपिला रानाभाट बिचकाे मतान्तर ३ हजार ८ सय ८३ छ । नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याइन् ।
त्यस्तै उपमेयरमा राप्रपाकी रञ्जना सेनले ५ हजार ६ सय ९९ मत प्राप्त गरिन् । २ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
पोखरामा १२ दिन लगाएर मतगणना सकिएको हो । ३३ वटा वडा रहेको पोखरामा २३ वटा वडा कांग्रेसले जितेको छ ।
२०७४ काे चुनावमा एमालेले मेयर उपमेयरसहित २२ वटा वडामा जितेकाे थियाे ।
यस्तै नेकपा एमालले ९ वटा वडा जितेको छ भने वडा नम्बर २२ बाट स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया