पोखरा २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल विजयी

समाधान संवाददाता २०७९ जेठ ११ गते १२:४६

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार चुनाव चिह्न भुइँकटर लिएर चुनाव लडेका हिमलाल बराल विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका प्रकाशचन्द गुरुङलाई १ सय २० मतान्तरले पराजीत गर्दै वडाध्यक्ष चुनिएका हुन् । बरालले १ हजार ८ सय ७२ मत प्राप्त गर्दा गुरुङले १ हजार ७ सय ५२ मत पाएका छन् । पोखराका ३३ वडा मध्ये बराल एक्ला स्वतन्त्र उम्मेदवार निर्वाचित बन्न सफल भएका छन् ।

अन्य सदस्यमा भने एमालेले जितेको छ । महिला सदस्यमा कृष्णकुमारी पौडेल देवकोटाले १ हजार ९ सय ६५, दलित महिला सदस्यमा सीता विक कामी १ हजार ८ सय ७९, सदस्यमा सन्जीव गुरुङ १ हजार ९ सय ३२ र लिलाधर पौडेल १ हजार ९ सय १२ मत प्राप्त गरी विजयी भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया