पोखरा ३२ मा कांग्रेसका अक्कलबहादुर कार्की दोहोरिए

समाधान संवाददाता २०७९ जेठ ११ गते १३:०६

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३२ वडाध्यक्षमा कांग्रेसका अक्कलबहादुर कार्की विजयी भएका छन् । कार्की गत निर्वाचनमा समेत निर्वाचित भएर एक कार्यकाल सम्हालिसकेका हुन् । नेकपा एमालेका खमबहादुर पुनलाई झिलो मतले पराजीत गरी कार्की विजयी भएका हुन् । कार्कीले १ हजार ९ सय ९२ मत ल्याउँदा पुनले १ हजार ९ सय ७४ ल्याएका छन् ।

महिला सदस्यमा एमालेकी सावित्रीदेवी पण्डीत २ हजार ८४ मत प्राप्त गरी विजयी भएकी छिन् । दलित महिला सदस्यमा कांग्रेसकी शोभा विक २ हजार ६२ मत प्राप्त गरी विजयी भएकी छिन् । सदस्यमा कांग्रेसका रवीराज तिवारी १ हजार ९ सय ५१ र तिर्थबहादुर सुयल १ हजार ९ सय ३० मत प्राप्त गरी विजयी भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया