पोखरा १८ सराङकाेटमा कांग्रेसका तिमिल्सीना ३ मतान्तरले निर्वाचित

समाधान संवाददाता २०७९ जेठ ११ गते १३:२८

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकाेटमा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सीना १ हजार ६ सय ४३ मत सहित निर्वाचित भएका छन् । उनले नेकपा एमालेका पुस्कलबहादुर थापालाई ३ मतले पराजीत गरेका हुन् । थापाले १ हजार ६ सय ४० मत प्राप्त गरेका छन् ।

अरु सबै सदस्य भने एमालेले जितेको छ । महिला सदस्यमा कल्पना ढकाल क्षेत्री १ हजार ८ सय २८, दलित महिला सदस्यमा मीनाकुमारी नेपाली १ हजार ८ सय ५६, सदस्यमा रमेशबहादुर थापा १ हजार ८ सय ५६ र नमराज सुवेदी १ हजार ७ सय ४९ मत प्राप्त गरी विजयी भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया