कालिका लघुवित्तकाे अध्यक्षमा चन्द्र

समाधान संवाददाता २०७९ जेठ ११ गते १६:०२

पोखरा ।
पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सञ्चालक क्षेत्री सर्वसम्मत अध्यक्ष चुनिएका हुन ।

यसअघिका अध्यक्ष कृष्ण खाँड वालिद्ध नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई सर्वसम्मत चयन गरिएको हो । महाशिला गाउँपालिका वडा नं.४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका वडा नं.६ मा बसोबास गर्ने क्षेत्रीले कानुन विषयमा स्नातक साथै मानविकी र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया