तेस्रो पटक सर्‍यो नवौं राष्ट्रिय खेलकुद, असाेजमा हुने

समाधान संवाददाता २०७९ जेठ ११ गते १६:१८

पोखरा ।
पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ४ महिनापछि धकेलिएको छ । युवा तथा खेलकुद मन्त्रालयले मंगलवार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री जागेश्वर गहतराजले सार्वजनिक खरिद ऐन अनुरूप ३५ दिनको सूचना निकालेर समान खरिद गर्न जेठमा समय अपुग भएकाले सार्नु परेको तर्क गरे । नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी दिइएको थियो ।

तर कोरोनाको प्रभाव र सरकार परिवर्तनका कारण प्रतियोगिता बारम्वार मिति परिर्वनत हुँदा पनि हुन सकेन । गत फागुन २० बाट हुने भनिए पनि कोरोनाको कारण अन्तिम समयमा स्थगित गरिएको थियो । यसअघि गत चैत्र २८ गतेको मन्त्री परिषद बैठकले जेठ २२ देखि २८ सम्म गर्ने निर्णय गरेको थियो । जस अनुसार राखेपले खेल संख्या निर्धारण, लोगो, मस्कट र नारा सार्वजनिक गरिसकेको छ  ।

तपाईको प्रतिक्रिया