मेयर जिसी सरकारी निवास छाडेर डेरामा

पोखरा ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सरकारी निवास छाडेका छन् । नव निर्वाचित मेयर धनराज आचार्यले सपथग्रहणसहित पदभार ग्रहण गर्ने अघिल्लो दिन बुधबार मेयर जिसीले सरकारी निवास छाडेका हुन । नवनिर्वाचित मेयर आचार्यले बिहीबार सपथग्रहण गरेर जिम्मेवारी सम्हाल्ने कार्यक्रम छ ।
महानगरले पोखरा १२ ढिकालेथरमा व्यवस्था गरेको सरकारी निवास छाडेर जिसी फूलबारीस्थित डेरामा सरेका हुन । मेयरमा निर्वाचित हुनुभन्दा अगाडि जिसी फूलबारीमै भाडामा बस्दै आएका थिए भने मेयरको कार्यकाल सकिएपछि फूलबारीमै कोठा भाडामा लिएर सरेका हुन् ।
मेयर जिसीले गत वैशाख ३० गते भएको निर्वाचनबाट पोखरा महानगरमा निर्वाचित मेयर आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, निर्वाचित वडाध्यक्षसहित सबै सदस्यहरुलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।
जिसीले सामाजिक सञ्जालमार्फत् बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् । महानगरमा निर्वाचित भएर आएको नयाँ टिमको सुन्दर र समृद्ध पोखरा बनाउने योजनामा जहिले पनि सकारात्मक र रचनात्मक सहयोग रहने जिसीले बताएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया