लोमान्थाङमा तिजी पर्व हेर्न पर्यटकको ओईरो

जोमसोम–
उत्तरी चिनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक पर्व हेर्न पर्यटकको लर्को लागेको छ ।लोछोदिन समूदायको महान धार्मिक तथा सांस्कृतिक पर्व तिजी शुक्रबारदेखि आईतबार ३ दिनसम्म मनाईने छ ।
तिब्बती कलासंस्कृतिसंग उस्तै गरी मेल खाने तिजी पर्व लोछोदिन समुदायका मानिसले महान पर्वको रुपमा लिने गर्छन् ।उपल्लो मुस्ताङमा मनाईने तिजी पर्व १५ औ शताब्दीदेखि सुरुआत भएको भन्ने भनाई छ ।तिजी पर्व ईतिहाँस दोर्जी स्युनु अर्थात बज्रकिलाको जीवन कथामा आधारित छ ।
एैतिहाँसिक,धार्मिक र सांस्कृतिक महत्व बोकेको तिजी पर्व मुस्ताङी पूर्व राजाको दरबार परिसरमा मनाईने गरिन्छ ।लोमान्थाङ स्थित छोदे गुम्बाका लामाहरुले आपसमा सहकार्य गर्दै तिजी पर्वमा विभिन्न सांस्कृतिक नृत्य प्रर्दशन गर्ने गर्छन् ।छोदे गुम्बा र स्थानीय समुदायको व्यवस्थापनमा आयोजना हुने परम्परागत तिजी पर्वमा लोघेकर दामोदरकुण्डको घिलिङ देखि कोरलानाकासम्मका गाउँमा बसोबास गर्ने बिष्ट,गुरुङ र लोहा समुदायका मानिसहरु तिजी पर्वमा उपस्थित हुन लोमान्थाङमा भेला हुने गर्छन् । लोमान्थाङमा ३ दिनसम्म मनाईने तिजी पर्वमा लोछोदिन समुदायका मानिसले संयुक्त रुपमा पुजाआजा गर्ने चलन छ । तिजी पर्वमा छोदे गुम्बाका लामाहरुले विभिन्न देवीदेवता र राक्षसहरुको मुकुट लगाएर नृत्य प्रर्दशन गर्छन् । तिजी पर्वमा लामाहरुले प्रस्तुत गर्ने देवीदेवताको नृत्य अवलोकन गर्नाले धार्मिक मोक्ष प्राप्त हुने जनविश्वाश छ ।तिजी पर्वमा विश्वशान्तिको कामना गरिने,प्राकृतिक प्रकोप र अनिष्ठ नहोस भन्ने कामना गर्दै लामाहरुबाट धार्मिक पुजापाठ गरिने गरिन्छ ।
शुक्रबारदेखि सुरु हुने तिजी पर्व अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक उपल्लो मुस्ताङतर्फ आउने क्रम बढेको लोमान्थाङ स्थित होटल हिमालयनका प्रोपाईटर गोम्पो गुरुङले जानकारी दिए ।लोमान्थाङमा २ दिनदेखि विदेशी पर्यटकको चहलपहल बाक्लिएको उनले बताए ।लोमान्थाङमा रहेका ३ दर्जन होटलहरु अहिले विदेशी पर्यटकले भरिएको पर्यटन व्यवसायी गोम्पो गुरुङले जनाए ।लोमान्थाङमा आयोजना हुने तिजी पर्व अवलोकन गर्न अमेरिका र भारतीय अधिकारीहरु त्यसतर्फ जादैछन् । उपल्लो मुस्ताङको मौलिक कलासंस्कृति ,भेषभुषा र प्राकृतिक फरक भुगोल दृष्यावलोकन गर्न विदेशी पर्यटक अध्यागमन विभागलाई ५ सय डलर रोयल्टी तिरेर त्यसतर्फ जाने गर्छन् ।
लोछोदिन समुदायको धार्मिक महान पर्व तिजीले उपल्लो मुस्ताङी समुदायलाई एकताको सुत्रमा बाध्न प्रेरित गरेको मुस्ताङी सांस्कृतिक राजा जिग्मे सिङ्मे पलवर बिष्टको भनाई छ । विगत ३ वर्षदेखि स्वास्थ्यका कारण काठमान्डौमा बस्दै आएका मुस्ताङी सांस्कृतिक राजा बिष्ट आफु उपस्थित हुन नसकेपनि उपल्लो मुस्ताङीलाई हर्षउल्लासमय वातावरणमा तिजी पर्व मनाउन शुभकामना व्यक्त गरेका छन् ।यस्तै लोघेकर दामोदरकुण्ड गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले तिजी पर्वको शुभकामना दिएका छन् । उनले उपल्लो मुस्ताङ सांस्कृति धरोहर रहेको र त्यहाको मौलिकता,पहिचान,संस्कृति ,सभ्यता,भौगोलिक विविधिता,जैविक विविधता र स्थानीय जिवनशैलीले पर्यटन प्रर्वद्धनमा योगदान पू¥याएको बताए ।
लोमान्थाङमा तिजी पर्वको भव्य तयारी स्वरुप त्यहाको युवाक्लव,आमा समुह,स्थानीय तह,एक्याप र गाउँलेहरुले आपसमा मिलेर गाउँ टोल र दरबार आपसमा सरसफाई गरी चिटिक्क पारेका छन् ।








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया