पाेखरा महानगर: कांग्रेस २३, एमाले ९ र स्वतन्त्र एउटा वडामा विजयी

पोखरा l
पोखरा महानगरका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरूङले बिहीबार पदभार ग्रहण गर्दै छन् । एकीकृत समाजवादीका आचार्य ५८ हजार ८ सय ९३ मत र एमालेका गुरुङ ६० हजार ५ सय ४६ मत ल्याएर निर्वाचित भएका हुन् । ०७४ को स्थानीय चुनावमा २ तिहाइ वडा जितेको एमालेले यसपटक ९ वडामा खुम्चिएको छ ।
कांग्रेसले २३ वटा वडामा जितेको छ भने १ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले पहिला जितेका अधिकांश वडा गुमाउँदा कांग्रेसबाट एक वडा खोस्न सफल भयो । कांग्रेसका तर्फबाट पोखरा वडा नं २ को वडाध्यक्षमा दिवसमान प्रधानाङ्ग, ३ मा प्रकाशमान उदास, ४ मा देवकृष्ण पराजुली, ७ मा राममोहन आचार्य, ९ मा दीपेन्द्र मरासिनी, १० मा राजेश गुरुङ, ११ मा प्रेमप्रसाद कर्माचार्य, १२ मा सन्तोष बास्तोला र १३ किरण बराल चुनिए । यस्तै, वडा नंं १४ बोधराज कार्की, १६ मा अमृत शर्मा तिमिल्सिना, १८ मा शिवप्रसाद तिमिल्सिना, १९ मा पुष्पेन्द्र पाण्डे, २३ मा राजकाजी गुरुङ, २४ मा भरतबहादुर अधिकारी, २५ मा मोतिप्रसाद तिमिल्सिना, २६ मा नरेन्द्र थापा, २७ मा पूर्णकुमार गुरुङ, २८ मा श्रीकृष्ण लामिछाने, ३० मा दुर्गाप्रसाद सुवेदी, ३१ मा ढकनाथ कँडेल, ३२ मा अक्कलबहादुर कार्की र ३३ रामचन्द्र अधिकारी विजयी भए । पोखरा–२२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल निर्वाचित भए ।
एमालेबाट पोखरा १ मा साहारा प्रधान, वडा नं. ५ मा विष्णुप्रसाद बराल, ६ मा विष्णुबहादुर भट्टराई, ८ मा रुद्रप्रसाद बराल, १५ मा तोरण बानियाँ, १७ मा राधिका शाही योगी, २० मा गंगा केसी, २१ मा दीपकप्रसाद सुवेदी र वडा नं २९ श्रीप्रसाद गुरुङ चुनिएका छन् ।
कार्यकापालिकामा कस्को कति ?
पोखरा महानगरपालिकाको कार्यपालिकामा नेपाली कांग्रेस र नगर सभामा नेकपा एमालेको बहुमत देखिन्छ । ०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुखसहित एमालेले २२ कांग्रेसले ११ वडा जितेका थियो । पोखरा महानगरपालिकाको नगर सभा १ सय ६७ र कार्यपालिका ४३ सदस्यीय हुन्छ ।
वडामा आएको मिश्रित परिणामले नेकपा एमालेबाट नगरसभामा उपप्रमुख, ९ वडाध्यक्षसहित ८६ सदस्य रहेको जनाएको छ । कांग्रेसबाट २३ वडा अध्यक्षसहित ७९ सदस्य नगरसभामा छन् । मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य छन् भने वडा नम्बर २२ का अध्यक्ष स्वतन्त्र हुन् । यसरी नगरसभा सदस्यबाट चुनिने जिल्ला समन्वय समिति र कार्यापालिकामा ८ जना बहुमत हुने पार्टीले मनोनित गर्न सक्छन् । यसरी हेर्दा नगरसभामा एमालेको बहुमत छ ।
नगरसभाका बहुमत सदस्यले ८ कार्यपालिका चुन्छन् । मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य रहेको नगरसभाबाट कार्यालिका सदस्य चुनिन्छन् ।
मेयरमा २० हजार मत बदर
पोखरा महानगरपालिकाको मेयरमा अत्यधिक बदर भएको छ । पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसे पनि १ लाख ४३ हजार १ सय १० मत गणना भएको छ । मेयर र उपमेयरमा भने अधिक मत बदर देखिएको छ । मेयरमा १४.२० प्रतिशत अर्थात् २० हजार ३ सय ३२ र उपमेयरमा १३.३४ प्रतिशत अर्थात् १९ हजार ९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।
गणना बाँकी रहेका ५ वडाको नतिजा सार्वजनिक भएसँगै पोखराको मतगणना सकिएको छ । पोखरा १८ मा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना १ हजार ६ सय ४३ मतसहित निर्वाचित भएका छन् । उनले नेकपा एमालेका पुस्कलबहादुर थापालाई ३ मतले पराजित गरेका हुन् । सदस्यमा कल्पना ढकाल क्षेत्री, मीनाकुमारी नेपाली, रमेशबहादुर थापा र नमराज सुवेदी चुनिए ।
वडा नम्बर २१ मा एमालेको प्यानल नै विजयी भएको छ । एमाले उम्मेदवार दीपकप्रसाद सुवेदीले २ हजार ५ सय ५३ मत प्राप्त गरे भने पराजित नेकपा एकीकृत समाजवादीका उम्मेदवार पूर्णबहादुर थापाले १ हजार ८ सय ११ मत पाए । सदस्यमा विमला केसी, सीतादेवी विक, कृष्णबहादुर थापा र झपटबहादुर रानाभाट विजय भए ।
२२ नम्बर वडामा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भएका छन् । उनले प्रतिस्पधी नेकपा एमालेका प्रकाशचन्द्र गुरुङलाई १ सय २० मतले पछि पारे । बरालले १ हजार ८ सय ७२ र गुरुङले १ हजार ७ सय ५२ मत पाएका छन् । सदस्यमा कृष्णकुमारी पौडेल देवकोटा, सीता विक कामी, सञ्जीव गुरुङ र लीलाधर पौडेल छन् ।
३२ नम्बर वडाको अध्यक्षमा कांग्रेसका अक्कलबहादुर कार्की दोहोरिएका छन् । एमालेका खमबहादुर पुनलाई झिनो मतले पराजीत गरी कार्की विजयी भएका हुन् । कार्कीले १ हजार ९ सय ९२ मत ल्याउँदा पुनले १ हजार ९ सय ७४ ल्याएका छन् । सदस्यमा सावित्रीदेवी पण्डित, शोभा विक, रविराज तिवारी र तीर्थबहादुर सुयल विजयी भए । वडा नम्बर ३३ मा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका रामचन्द्र अधिकारी नेकपा एमालेका शिवप्रसाद आचार्यलाई पराजित गर्दै वडाध्यक्ष चुनिएका हुन् । अधिकारीले ३ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् भने आचार्यले २ हजार ६ सय मत पाएका छन् । आचार्य निवर्तमान वडाध्यक्ष हुन् । सदस्यमा दुर्गादेवी केसी थापा, लीलादेवी नेपाली, प्रकाश कार्की, विनोद भण्डारी विजयी भए ।








कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया