लेखनाथ उद्योग वाणिज्य संघले २५ ‌औं बार्षिक उत्सवमा रजत स्तम्भ बनाउने

समाधान संवाददाता २०७९ जेठ १२ गते १२:१५

पोखरा ।
लेखनाथ उद्योग वाणिज्य संघले स्थापना कालको २५ वर्षको अवसर विभिन्न कार्यक्रम गर्ने भएको छ । रजत स्तम्भ निर्माण गर्ने कार्ययोजना बमोजिम बुधबार संघका अध्यक्ष छत्रधर आत्रेयले संघ परिसरभित्र रजत स्तम्भ निर्माण सुरुआत गरे ।

रजत स्तम्भ निर्माण उपसमितिका संयोजक भरतकुमार अधिकारीले रजत स्तम्भको डिजाइन बारे प्रकाश पारे । संघका पूर्व अध्यक्ष एवं रजत स्मारिका प्रकाशन उपसमिति संयोजक चतुराखर अधिकारीले स्मारिका प्रकाशनको प्रगतिबारे जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया