पोखरा मेयर उम्मेदवार थापाको खर्च ९७ हजार
समाधान संवाददाता
२०७९ जेठ १२ गते १२:५९

पोखरा ।
पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्य निर्वाचित बने । मेयरमा २३ जनाको उम्मेदवारी परेको थियो । उन्नत लोकतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका आशीष थापा श्यामले निर्वाचन परिणाम आएको भोलिपल्नै खर्च वितरण सार्वजनिक गरेका छन् ।
उनले ९७ हजार ३ सय १५ रुपैयाँ खर्च भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । थापाले सबैभन्दा बढी खर्च सवारी साधन तथा डिजिटल प्रचारमा २० हजार भएको जनाएका छन् । इन्धनतर्फ १० हजार, झण्डा ९ हजार, साउन्ड सिस्टम ३ हजार, खाना खाजा १० हजार, ब्यानर तथा पर्चामा १३ हजार २ सय ६५, कार्यालय सञ्चालनमा ४ हजार ५ सय ५०, यएसबी खरीदमा ५ सय र अन्यतर्फ ७ हजार रुपैयाँ थापाले खर्च गरेका छन् ।
थापाले मत दिने सबैलाई धन्यवादसमेत दिएका छन् । थापाले ६४ मत प्राप्त गरेका थिए ।
सम्बन्धित







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया