सडक बत्ती जडानपछि लोमान्थाङ बजार झिलिमिली

जोमसोम–
पर्खालले घेरिएको उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा बिहिबार सडक बत्ती उद्घाटन गरिएको छ ।अमेरिकन हिमालयन फाउन्डेसका अध्यक्ष स्वः रिचार्ज भोलुमकी छोरी हाईटी भोलुमले एक समारोहकाबीच सडक बत्तीको उद्घाटन गरिन् ।
लोमान्थाङ गाउँपालिका वडा –५ का पूर्व वडाध्यक्ष नवाङकुङ्गा लामाको अनुरोधमा अमेरिकन हिमालय फाउन्डेसनले सडक बत्ती जडान गर्न आर्थिक सहयोग गरेको थियो ।
यसको समन्वय जिग्मे फाउन्डेसनले गरेको थियो ।सन् २०२० देखि सुरु गरिएको सडक बत्ती जडानको जिम्मा स्थानीय उपभोत्ता समितिले लिएको थियो । पर्खालले घेरिएको लोमान्थाङ बजारको भित्रि र बाहिरी बजार क्षेत्रको १४६ वटा बिद्युत पोलमा १४६ वटै सडक बत्ती जडान गरिएको जिग्मे फाउन्डेसनका कोषाध्यक्ष लोप्साङ छोम्पेल बिष्टले जानकारी दिए ।
उनका अनुसार धार्मिक तथा पर्यटकीक्षेत्र लोमान्थाङ बजारलाई २४ सै घण्टा उज्यालो राख्न अमेरिकन हिमालयन फाउन्डेसनको ४९ लाख बजेट खर्च गरी सडक बत्ती जडान र बिद्युत पोलहरुलाई कलात्मक बनाउने काम भएको हो ।
धार्मिक कलासंस्कृति,ऐतिहाँसिक सम्पदा,उपल्लो मुस्ताङी समुदायको पृथक मौलिकता ,रहनसहन र फरक भुगोलका कारण उपल्लो मुस्ताङ पर्यटकी दृष्ट्रिकोणले प्रसिद्ध छ ।
उपल्लो मुस्ताङको सबैभन्दा महत्वपूर्ण धार्मिक पर्व तिजीको अवसरमा लोमान्थाङमा सडक बत्ती उद्घाटन गरिएको स्थानीय उपभोत्ता समितिका अध्यक्ष छेवाङ गुरुङले जानकारी दिए ।सडक बत्ती जडान भएसंगै तिजी पर्वको रोनकता अझै थपिएको उनले बताए ।
उपल्लो मुस्ताङमा नेपाल विद्युत प्राधिकरणले गतवर्र्ष केन्द्रिय विद्युत लाईन बिस्तार गरेसंगै सडक बत्ती जडानमा सहज भएको हो । लोमान्थाङमाख सडक बत्तीको विद्युत महशुल र मिटर बक्स जडान लोमान्थाङ गाउँपालिकाले खर्च व्यहोर्ने गरी सम्झौता भएको फाउन्डेसनले जनाएको छ । यसअघि लोमान्थाङ गाउँपालिकाको वडाले लोमान्थाङ बजारक्षेत्रमा विद्युत तार भुमिगत गरेको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया