जनभावना अनुसार काम गरौंः रामचन्द्र पौडेल

पोखरा l
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह जनताको प्रत्यक्ष सरकार भएकाले जनभावना अनुरुप कार्यसम्पादन गर्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् । कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले बुधबार नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न निर्देशन दिए ।
नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन आवश्यकता भएको तर्क गरे । गठबन्धनका परिणाम सकारात्मक देखिएकाले आगामी प्रदेश तथा संघीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजानुपर्ने विचार राखे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई केन्द्रमा राखेर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रत्येक नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाललाई जनताले आशा एवं भरोसा गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिए । आफ्ना पालिका अन्यका लागि पनि उदाहरणीय बन्ने गरी काम गर्न उनले आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, नेपाली कांग्रेस बागलुङ सभापति जीत शेरचनलगायतले बोलेका थिए । अवसरमा नेपाल सरकारका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदी र पूर्व सचिव वावुराम आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया