पोखरा–२८ को सेवा केन्द्र माझठानामा बिस्तार गरिने

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २८ को पहिलो बैठकले माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेको छ । नव निर्वाचित वडा अध्यक्ष श्रीकृष्ण लामिछाने सहित सदस्यले पदभार ग्रहण गर्दै एकीकृत सम्पति कर संकलन गर्न माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेको हो ।
पदभार कार्यक्रममा बोल्दै नव निर्वाचित वडा अध्यक्ष लामिछानेले भौगोलिक हिसाबले पोखरा २८ ठूलो र यातायातको समेत उपलब्ध हुन गाह्रो परेको हुनाले कम्तीमा पनि हप्ताको दुई दिन सम्पति कर संकलनका लागि माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरिएको बताउँदै सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने र वडाभित्रका अत्ति अशक्त आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्तिलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गएिको बताए कार्यक्रममा वडा अध्यक्ष लामिछानेले पोखरा २८ का जनतालाई प्रत्यक्ष अनुभूति हुने खालका कामहरु गर्नको लागि आफू तयार रहेको बताउँदै यसमा सवैको साथ र सयोगको अपेक्षा राखेको बताए ।
पदभार कार्यक्रममा नेपाली कांग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसी निर्वतमान वडा अध्यक्ष निर्मल दियाली नेकपा एमाले पोखरा २८ का अध्यक्ष रामकृष्ण तिवारी नेपाली काग्रेसका युवा नेता राजेश अधिकारी नेकपा एस पोखरा २८ का अध्यक्ष केशवदास त्रिपाठी लगायतले सफल कार्यकालको कामना गर्दै विभिन्न सुझाव दिएका थिए । निर्वतमान वडा अध्यक्ष निर्मल दियालीले आफ्नो कार्यकाल सफल बनाउन महत्पूर्ण भूमिका खेल्ने पोखरा २८ बासी लगायत कर्मचारीलाई धन्यवाद दिँदै नव निर्वाचित वडा अध्यक्ष लगायत सदस्यहरुको सफल कार्याकालको कमना गरेका थिए ।
पदभार कार्यक्रममा महिला वडा सदस्य डाल्डादेवी भुजेल दलित महिला सदस्य ईन्द्रकला विक, वडा सदस्यहरु कमल थापा, वीरेन्द्र भण्डारी र वडा सचिव अर्जुनप्रसाद सुवेदीको उपस्थिति थियो । वडा सचिव अर्जुनप्रसाद सुवेदीका अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य इन्जिनियर विमल आचार्यले गरेका थिए भने कार्यक्रम सञ्चालन सहायक कर्मचारी माधवप्रसाद ढकालले गरेका थिए ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया