गरिमा म्युजिक भिडियोबाट फिल्मतिर

समाधान संवाददाता २०७९ जेठ १३ गते १०:५८

काठमाडौं ।
टिकटक पछिल्लो समय बच्चादेखि वृद्धसम्म चर्चित बन्दै गएको एप हो । यही टिकटकबाट चर्चामा आएकी कलाकार हुन् गरिमा शर्मा । टिकटक र म्युजिक भिडियोहरुबाट आफ्नो अभिनयले सबैको मन जित्न सफल शर्माले अब भने नेपाली सिनेमामा डेब्यु गर्ने भएकी छन् ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लन्डन टु पेरिस’मा अभिनेत्री गरिमा अनुबन्धित भएकी छन् । केही समयअघि नै निर्माण टिम र अभिनेत्री शर्माबीच लिखित सम्झौता भएको थियो । प्रेमकथामा निर्माण हुने सिनेमामा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भइसकेकी छन् । निर्माण टिमले दिएको जानकारीअनुसार सिनेमामा गरिमाको पनि महत्वपूर्ण भूमिका छ । सिनेमाको मुख्य अभिनेता पनि फाइनल भइसकेका छन् । तर, सार्वजनिक भने गरिएको छैन । चाँडै नै एक फर्स्टलुक पोस्टरसहित अभिनेता सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमाको कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ । निर्देशक लामिछानेले यसअघि ‘धौली, अग्निदहन र पञ्चेबाजा’ जस्ता समीक्षकले रुचाएका सिनेमा निर्देशन गरिसकेका छन् । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमा असारको दोस्रो साताबाट फ्लोरमा जानेछ ।

Advertisement

अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह–निर्माता अजित सिंह हुन् । एबी इन्टरनेसनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया