कालिका बहुमुख क्याम्पसमा अन्तर्राष्ट्रिय सेमिनार

पोखरा l
पोखराको काजिपोखरी स्थित कालिका बहुमुख क्याम्पसले बिहीबार युकेको ओएटिएस एकेडेमीको सहयोगमा पर्यटनमा ‘फरक क्षमता भएका व्यक्तिहरुको पहुँच’ विषयक अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्यो ।
ओटीएस एकेडेमीको स्थानीय पार्टनर रहेको कालिका बहुमुखीले आयोजना गरेको सेमिनारमा भारतको अनन्त नेसनल विश्वविद्यालयकी एसोसियट प्राध्यापक डा. भेनेसा जिबीले कार्यपत्र प्रस्तुत गरिन् । उनले पर्यटनको विकासमा फरक क्षमता भएका व्यक्तिलाई पनि अवसर दिइनुपर्ने उल्लेख गरिन् ।
यसअघि क्याम्पस प्रमुख बिरञ्जी गौतम, सहायक क्याम्पस प्रमुख युवराज गुरुङ र अर्का सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले प्रा डा.भेनेसालाई क्याम्पसमा स्वागत गरेका थिए । क्याम्पस प्रमुख गौतमले ओटिएस एकेडेमीको सहयोगले क्याम्पसको शैक्षिक विकासमा सहयोग पुग्ने उल्लेख गरे । क्याम्पसले मंगलबार आयोजना गरेको कन्फ्रेन्समा प्राडा रमेशराज कुँवर र प्राडा डायर्क रिसरले कार्यपत्र प्रस्तुत गरेका थिए ।







सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया