प्रदेश मुख्यमन्त्री पोखरेल र पूर्वमुख्यमन्त्री गुरुङबीच भेट

समाधान संवाददाता २०७९ जेठ १३ गते १६:२८

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबीच जेठ १३ गते शुक्रबार मुख्यमन्त्री निवासमा भेट भएको छ ।

आागमी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका सन्दर्भमा उक्त भेट भएको हो । संघीयता मजबुत बनाउन, प्रदेशको औचित्य पुष्टि हुने र नागरिकको मन छुने बजेट बनाउने बारेमा उनीहरुबीच छलफल भएको छ ।

संघ सरकारले अझै पनि अधिकार र स्रोत हस्तान्तरणमा उदारता देखाउन नसकेकोमा सत्ता र प्रतिपक्ष मिलेर संयुक्त आवाज उठाउनु पर्ने बारेमा उनीहरुबीच छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया