रुपा र माछापुच्छ्रेमा कार्यपालिका सदस्य चुनिए

समाधान संवाददाता २०७९ जेठ १५ गते ११:१२

पोखरा ।
कास्कीको रुपा र माछापुच्छ्रे गाउँपालिकामा कार्यपालिका चुनिएका छन् । रुपमा नेकपा (एमाले)बाट कार्यपालिका सदस्यका लागि दलिततर्फ २ र महिला तथा अल्पसंख्यकमा उम्मेदवारी दिएका ४ गरी ६ जना निर्विरोध भएका हुन् ।

समग्र पालिकामा एउटा वडामा अध्यक्षसहित सबै प्यानल जितेको नेपाली कांग्रेसले कार्य पालिकाको चुनावमा उम्मेदवारी दर्ता गराएन । निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदीका अनुसार वडा नम्बर १ बाट रमेशबहादुर बोटे, वडा नम्बर २ बाट हिता रुपाखेती, वडा नम्बर ३ बाट सरिता कुमाल निर्वाचित भएका छन् । त्यस्तै वडा नम्बर ५ बाट कुमारी गुरुङ, वडा नम्बर ६ सरिता सुनार र वडा नम्बर ७ बाट कृष्णमाया घर्ती निर्विरोध भएका छन् ।

‘निर्वाचन कार्यतालिका अनुसार निर्धारित समयमा नेकपा (एमाले)को तर्फबाट मात्र उम्मेदवारी प¥यो,’ मतदान अधिकृत सुवेदीले भने, ‘उम्मेदवारी दिएका सबै निर्विरोध हुनु भएको छ ।’ समारोहमा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निर्विरोध भएको कार्यपालिका सदस्यलाई सपथ ग्रहण गराए ।

Advertisement

रमेशबहादुर बोटे र सरिता कुमाल कार्य पालिकाको सदस्यमा सिधै निर्विरोध भएका छन् । अरु ४ कार्यपालिकाका सदस्य स्थानीय तहको निर्वाचन ०७९ मा वडा सदस्यमा निर्वाचित भएका हुन् । योसँगै रुपाको कार्यपालिकामा एमालेका १४ र कांग्रेसका १ सदस्य भएका छन् । माछापुच्छ्रे गाउँपालिकामा पालिकामा महिला, दलित वा अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

कार्यपालिका सदस्यका लागि दलिततर्फ २ र महिला तथा अल्पसंख्यकमा उम्मेदवारी दिएका ४ गरी ६ जना निर्वाचित भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार महिला सदस्यमा जमुना पुन, शर्मिला तामाङ, श्रीदेवी विश्वकर्मा र मनकुमारी तामाङ निर्वाचित भएका छन् । दलिततर्फ कार्यपालिकाको सदस्यमा सुरेश परियार र राजु सार्की चुनिएका छन् । कार्यपालिकाको सदस्यको निर्वाचनमा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र )का उम्मेदवारले समेत मनोनयन दर्ता गरेका थिए ।

Advertisement

निर्वाचन अधिकृत नवराज दंगालले निर्वाचित कार्यपालिकाका सदस्यलाई प्रमाणपत्र वितरण गरे । समारोहमा गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले निर्विरोध भएको कार्यपालिका सदस्यलाई सपथ ग्रहण गराए । माछापुच्छ्रे गाउँपालिकाको कार्यपालिकामा अध्यक्ष गुरुङ, उपाध्यक्ष सीता अधिकारी सहित १५, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट १-१ जना निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया