खानेपानी कर्मचारी संघकाे अध्यक्षमा केदार

समाधान संवाददाता २०७९ जेठ १५ गते १२:००

काठमाडौं ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघको ७ औं महाधिवेशनबाट केदार धमला (पोखरा) अध्यक्षमा सर्वसम्मत भएका छन् । देशभरका २२ वटा शाखा कार्यालयबाट आएका करिब ७० प्रतिनिधिको भेलाले वरिष्ठ उपाध्यक्षमा राजु बस्नेत(भद्रपुर), महिला उपाध्यक्षमा डम्बरी महरा(धनगढी, उपाध्यक्षमा सरजुन केसी(नेपालगञ्ज) र सुधीरकुमार सिंह(जनकपुर), महासचिवमा पदमहरि राई(विराटनगर), सचिवमा अजयकुमार प्रसाद(जलेश्वर) र सुरेन्द्र पाण्डेय(कलैया) निर्वाचित भएका छन् ।

संघका केन्द्रीय समितिको सदस्यमा नवराज भट्ट(महेन्द्रनगर), हरि अधिकारी(हेमजा), अनुभा अर्याल(विराटनगर), गणेश साह(मलंगवा), विनिता श्रेष्ठ(बनेपा), वीरेन्द्रकुमार सिंह(विरगञ्ज), राजेश बर्मा(जनकपुर), तारिप्रसाद भट्टराई( धनगढी), प्रेमबहादर वली(नेपालगञ्ज), विमल पौडेल(बुटबल), रोशन पोखरेल(गौशाला), दयाराम सापकोटा( भैरहवा) निर्वाचित भएको निर्वाचन समितिका संयोजक त्रिदीपकुमार श्रेष्ठले जानकारी दिए ।

जेठ ११ देखि १३ गतेसम्म चलेको ७ औं महाधिवेशनमा नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले संस्थान र कर्मचारीको हित गरेरै उपभोक्तालाई सेवा दिने बताए । मन्त्री चौधरीले पानीमाथि राजनीति गरेर कम्युनिस्ट सरकारले कृष्णप्रसाद भट्टराईलाई सम्झनसमेत नसकेर मेलम्चीका विषयमा अपमान गरेको बताए ।

Advertisement

मन्त्री चौधरीले कर्मचारीको साथल ेनै देश बन्ने भएकाले अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ भएर सेवा गर्न सुझाव दिए । कर्मचारीका जायज माग पूरा गर्न व्यवस्थापनलाई निर्देशन दिँदै समस्या समाधानमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गरे ।
कर्मचारी संघका अध्यक्ष महेशराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, विभागीय सचिव सुरेश आचार्य, सञ्चालक समिति अध्यक्ष गुणाखर भुषाल, नेपाल टे«ड युनियन कांग्रेस राष्ट्रिय समिति उपाध्यक्ष तेजेन्द्रजंग कार्की, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसाद, खानेपानी संस्थान वीरगञ्ज शाखाका कार्यालय प्रमुख निरण महर्जन लगायतले बोलेका थिए ।

संघका महाचिव केदार धमलाको सञ्चालनमा रहेको सभामा केयुकेएल कर्मचारी संघका उपाध्यक्ष केशव अधिकारी, नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका सहसंयोजक समिर पण्डित, स्वतन्त्र कर्मचारी परिषदका अध्यक्ष भीमसेन पोखरेल, स्वतन्त्र कर्मचारी संघका अध्यक्ष झगबहादुर डाँगीले कर्मचारी एकतामा जोड दिँदै कर्मचारीका समस्या समाधानमा केन्द्रीत हुन आग्रह गरेका थिए ।

Advertisement

कर्मचारी संघको अगुवाईमा २०६६ सालमा प्रकाशित विज्ञापनमाथि भएको अन्याय र अत्याचार विरुद्ध सर्वाेच्च अदातलबाट न्यायलाई सहजीकरण गरेकामा सञ्चालक समिति पूर्व अध्यक्ष डा. परमेश्वर पोखरेल, पदमबहादुर हमाल, यास्मिन ढुंगाना, अधिवक्ता भूपेन्द्र पोखरेल, डा. भूपेन्द्र प्रसाद, अर्जुनबाबु ढकाल, जीउलाल चौधरी, कर्मचारी संघका निवर्तमान अध्यक्ष भरतप्रसाद अधिकारी लगायतलाई कदरपत्रले सम्मान गरिएको थियो ।

संस्थान र कर्मचारी संघसँग निकट रही अवकास लिएका रामशरण रायमाझी, दिनेश चिमोरिया, झलक लामा, लाकबहादुर कुँवर, लक्ष्मीप्रसाद रेग्मी, मुन्नेश्वर राय, नरेन्द्रमान श्रेष्ठ, ललित श्रिनेत ठकुरी, नरेन्द तेयुङ, देवबहादुर प्रधान लगायतलाई सम्मान गरिएको थियो । कर्मचारी संघका कोषाध्यक्ष डम्बरी महरा(रक्षा)ले स्वागत गरेको सभामा कर्मचारी संघले आगामी दिनमा गर्नु पर्ने यात्रा तथा करारमा कार्यरत कर्मचारीको रोजगारीको ग्यारेन्टी, योगदानका आधारित सामाजिक सुरक्षा कोष लागु, विनियम कार्यान्वयन, सरुवा नीति, मितव्ययिता, संस्थानको सम्पत्तीको जगेर्ना, खरिद महाशाखा गठन, उपभोक्ताको हितमा स्वच्छ खानेपानी वितरण, शाखामा निर्माण भइरहेको आयोजनाको कामलाई प्राथमिकता लगायत विषयमा ध्यानाकर्षण गराईएको नवनिर्वाचित महासचिव पदमहरि राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया