कास्की र स्याङ्जाका हजार छात्रालाई सेनिटरी प्याड वितरण

पोखरा ।
दक्षिण कोरिया स्थित हाना नानुम फाउन्डेसन र वी फ्रेन्ड्सको आर्थिक सहयोग र एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च –एसियन फोरम) को व्यवस्थापनमा कास्की र स्याङ्जाका १ हजार छात्रालाई पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरेको छ ।
हेल्थ सपोर्ट एन्ड प्रोमोसन प्रोग्राम अन्तर्गत कास्कीका कालिका मावि, नवप्रभात मावि र स्याङ्जा फेदीखोला ३ आरुखर्कको जनआदर्श मावि गरी ३ विद्यालयका कक्षा ७ देखि ११ सम्म अध्ययनरत छात्राहरुलाई सेनिटरी प्याड तथा माक्स वितरण गरिएको थियो ।
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक सुशील शर्मा भट्टराईले किशोरावस्तामा छात्राका स्वास्थ्य समस्या र समाधानका विषयमा सहजीकरण गरेका थिए । ती विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार केही विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गरिएकोे फोरमका लेखा तथा प्रसाशन प्रमुख एकलाल न्यौपानेले बताए ।
३ दिनसम्म विद्यालयमा गई सञ्चालन गरिएको सो कार्यक्रममा एसियन फोरमका निवर्तमान केन्द्रीय अध्यक्ष निरज थापा, केन्द्रीय उपाध्यक्ष मेनका पौडेल, सदस्य जुम गुरुङ, मिरा पौडेल, गीता लामिछाने, गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण बानिया, सचिव कृष्ण रानाभाट, कोषाध्यक्ष उमाकान्त पराजुली, जिल्ला अध्यक्ष तीलक थापा, कोषाध्यक्ष पार्वती पौडेल र सदस्य किरण गुरुङले सहजीकरण गरेका थिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया