डायमण्ड माविमा मतदानबाट क्याप्टेन चुनिए

समाधान संवाददाता २०७९ जेठ १५ गते १३:३३

पोखरा ।
स्थानीय तहको निर्वाचनको माहोल सेलाउन नपाउँदै डायमण्ड माविमा चुनावी माहोल देखियो । कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीले मतदान गरी क्याप्टेन र भाइस क्याप्टेन चुनेका छन् ।

विद्यार्थीमा रहेको चुनावमा कसरी भोट गर्ने भन्ने उत्सुकता मेटाउन विद्यालयले यसो गरेको हो । मतदानबाट विद्यालयका क्याप्टेन र भाइस क्याप्टेन चुनिएका छन् । सात क्याप्टेन र ९ भाइस क्याप्टेनबीच भएको प्रतिस्प्रर्धामा कक्षा १० अध्ययन गर्ने मयुर शाही १ सय ४४ मत प्राप्त गरी विजय भएका छन् । त्यस्तै भाइस क्याप्टेनका लागि भएको प्रतिस्पर्धामा कक्षा १० मा अध्ययन गर्ने बिबेश परियार २ सय ४ मत ल्याएर चुनिए ।

यस प्रकारको कार्यक्रमले विद्यार्थीलाई मात्र नभएर अभिभावकलाई समेत चुनाव, प्रजातान्त्रिक मूल्य, मान्यता, र मताधिकारको महत्वका बारेमा जानकारी गराउन सहयोग पुग्ने विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया