हेली जान नसकेपछि सम्भावित दुर्घटनास्थलतिर पैदलै जाँदै सुरक्षाकर्मी

पोखरा ।
मुस्ताङका लागि पोखराबाट उडेको तारा एयरको जहाज खोज्न गएको हेलिकोप्टर खराब मौसमका कारण जान नसकेपछि सुरक्षाकर्मीहरु पैदलै सम्भावित दुर्घटनास्थलतिर गएका छन् ।
दुर्घटनाक्षेत्र अनुमान गरिएको स्थानका स्थानीयले बताएर अनुसार कालिगण्डकी नदीको बीच भाग हुँदै उड्नुपर्ने जहाज दिशाहिन अवस्थामा उडेकाले थासाङको नाउरिकोटमाथि धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा दुर्घटना भएको अनुमान गरिएको छ ।
पोखराबाट मुस्ताङ आउँदै गर्दा मुस्ताङकै आकाशमा हराइरहेको जहाजको खोजीकार्य तीब्र भइरहेको प्रजिअ नेत्रनाथ शर्माले बताए ।
प्रजिअ शर्माका अनुसार मौसम प्रतिकुलताका कारण दुर्घटना अनुमान गरिएको क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेकाले खोजी कार्य प्रभावित भएको छ । बिहान १२ बजे फिस्टेल एयरको हेली थासाङक्षेत्रमा गएपनि मौसमका कारण जोमसोममै फिर्कएको थियो ।
अहिले पुन दोस्रो पटक फिस्टेलको हेली दुर्घटना अनुमान गरिएकोक्षेत्रमा प्रस्थान गरेको जनाइएको छ ।
जहाज खोजीका लागि सूचना संकलन र माइकिङ गर्ने काम भइरहेको मुस्ताङ प्रशासनले जानकारी दिएको छ । प्रशासनका अनुसार जहाज खोजीका लागि नेपाली सेना,सशस्त्र प्रहरी , प्रहरी र सो क्षेत्रका स्थानीयलाई परिचालन गरिएको छ ।
जहाज खोज्नका लागि सुरक्षाका सबै युनिटलाई निर्देशान दिएको प्रजिअ शर्माले जानकारी दिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया