पोखराबाट जोमसोममा तेस्रो उडान गर्दै थियो बेपत्ता जहाज

समाधान संवाददाता २०७९ जेठ १५ गते १४:०२

पोखरा ।
पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ ।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन । उनका अनुसार यो जहाज आइतबार विहान तेस्रो उडानका क्रममा रहेको थियो । मौसम सामान्य रहेका कारण अघिल्ला उडानहरू सहजै भएको उनले बताए ।

अहिले जोमसोममा रहेको प्रभु हेलिकोप्टरको जहाज जोखिमा उडेको छ । मौसम सामान्य नै देखिएको रिर्पोटिङ आएको उनले जानकारी दिए । मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया