वेपत्ता विमानमा अर्का पाइलट पनि थिए, जो विदा मनाउन जोमसोम जाँदै थिए

पोखरा ।
विहान करिब ९:५५ मा पोखराबाट जोमसोमका लागि छुटेको तारा एयरको विमान अझै सम्पर्कमा आएको छैन । सम्पर्कविहीन विमानमा सिनियर पाइलट प्रभाकर घिमिरे, को पाइलट उत्सव पोखरेल, अर्का पाइलट वसन्त लामा र एयर होस्टेज किस्मी थापा सहित २२ जना यात्रु सवार थिए ।
तारा एयरकै पाइलट वसन्त लामा विदा मनाउन जोमसोम जान लागेका थिए । लामाले आइतबार बिहानै चारवटा उडान सकेर बिदा मनाउन जोमजोमका लागि उडेका हुन् ।
तारा एयर स्रोतका अनुसार जोमसोम जानुअघि पाइटल लामाले चार उडान भरेका थिए । बिहान विमान उडाएर पछि पाइलट प्रभाकर घिमिरेलाई ह्यान्डओभर गरेका थिए । यात्रुको सूचीमा उनको समेत नाम उल्लेख गरिएको छ। उनी टिकट नै लिएर विमानमा सवार थिए । सोही उडानमार्फत उनी जोमसोमतिर लागेका थिए ।
सम्पर्कविहीन विमानमा सवार यात्रुको नामावली सार्वजनिक भएको छ । जसमा पाइलट लामाको पनि नाम छ । उक्त विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन बनेको थियो ।
विमान दुर्घटना भएको आशंका गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको छ ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया