पोखरा १४ का वडाध्यक्षको सुविधा छात्रवृत्तिमा

पोखरा l
पोखरा १४ का नव निर्वाचित अध्यक्ष र सदस्यले शुक्रबार पदभारग्रहण गरेका छन् । पोखरा १४ को अध्यक्षमा बोधबहादुर कार्की र सदस्यमा डिलमाया गुरुङ, तनुजा थापा सिके, कृष्णहरि काफ्ले र गोपालप्रसाद सापकोटा निर्वाचित भएका छन् । कार्यक्रममा पूर्व कानुन मन्त्री यज्ञबहादुर थापाले वडाको विकासमा सबैसँग मिलेर अगाडि बढ्नुपर्ने बताए ।
नव निर्वाचित अध्यक्ष कार्कीले सबै मतदाताको कदर गर्दै वडाको सर्वाङ्गीण विकासमा लाग्ने प्रतिवद्धता गरे । कार्कीले कार्यक्रममा सात बुँदे प्रतिवद्धतासमेत प्रस्तुत गरे । वडा भवन निर्माणमा सबैको सहमतिमा अगाडि बढाउने, सरकारी स्कूलमा अध्ययनरत निम्न वर्गका विद्यार्थीलाई अध्यक्षको सुविधाबाट छात्रवृति दिने, वडाका केही भूभागमा फ्रि वाइफाइको व्यवस्था गर्ने लगायतका कार्यक्रम उनले अघि सारेका छन् ।
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य चूडामणि जंगलीले वडा नं. १४ को विकासका लागि सधै सहयोगी भूमिका निर्वाह गर्ने बताए । वडा सचिव रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादीका नेता दीपक कोइराला, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, निवर्तमान सभापति कृष्णबहादुर केसी, कांग्रेस नेतृ सरस्वती गुरुङ, निवर्तमान वडाध्यक्ष प्रेमबहादुर कार्की, इकाइ १४ का कांग्रेस सभापति दिवस कुँवर, नेकपा एमाले वडा नं. १४ का अध्यक्ष बटुकृष्ण कुँवर, नेकपा माओवादीका अध्यक्ष शिवराज कँडेल, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वडा नं. १४ का अध्यक्ष लालबहादुर घोताने, जनता समाजवादीका कर्णबहादुर गुरुङ, राप्रपा १४ का अध्यक्ष मोहन केसीलगायतले बोलेका थिए ।







६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया