अमरज्योतिका विद्यार्थीलाई दर्शन लामाको पोसाक सहयोग

पोखरा ।
पोखरा महानगरपालिका १३ का निवर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका कास्की जिल्ला उपसचिव दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोसाक सहयोग गरेका छन् ।
पोखरा १३ अमलाचौरस्थित अमरज्योति आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमै पुगेर पोसाक सहयोग गरेका हुन् । विद्यार्थीहरुलाई पोसाक हस्तान्तरण गर्दै युवा नेता लामाले विद्यार्थीहरुको प्रोत्साहानका लागि सहयोग गरेको बताए । ‘गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहान हुन्छ भन्ने हेतुले ड्रेस दिएको हुँ,’ उनले भने, ‘यसको साथसाथै सामुदायिक स्कुलमा पनि विद्यार्थीहरुको अकर्षण बढ्छ भन्ने अभिप्राय हो ।’
विद्यालयका प्रध्यानाध्याक विमल बरालले लामाको सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनको सहयोगले सकारात्मक सन्देश प्रवाह भएको बरालले बताए । सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरुलाई पोसाक सहयोग गर्नुे उदाहरणीय कार्य रहेको बरालको भनाइ थियो ।
निवर्तमान वडाध्यक्ष लामाले आफ्नो कार्यकालमा शैक्षिक गुणस्तर उकास्न विभिन्न कार्यक्रमहरुसमेत सम्पन्न गरिसकेका छन् । उनले वडाको शिक्षामा एकरुपता ल्याउन पाठ्यक्रम (लेसन प्लान) बनाएका थिए । सामुदायिक विद्यालयमा बससमेत खरिद गरेका थिए । यसैगरी भद्रकाली माविमा पक्की भवनसमेत निर्माण गरेका थिए । उनले यसअघि पनि वडाभित्रका निजी तथा सामुदायिक विद्यालयमा शैक्षिक सामग्री तथा पोसाक वितरण गरेका थिए ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया