लमजुङको मध्यनेपालमा टिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

समाधान संवाददाता २०७९ जेठ १५ गते १८:०६

लमजुङ ।
लमजुङको मध्यनेपालमा टिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको टिपर दुर्घटना भएको हो l

सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा टिपर सडकबाट करिब ३० मिटर तल खसेको हो। दुर्घटनामा परि टिपर चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा टिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरे, सोही आयोजनाका सुपरभाइजर अन्दाजी ४५ वर्षीय उत्तम न्यौपाने, अन्य दुई जना अन्दाजी २८ वर्षीय पारस शाह र अन्दाजी २५ वर्षीय रवीन्द्र सेढाई छन् । उनीहरूको नाम खुले पनि ठेगाना भने यकिन नभएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया