तालबाराही विव्यस अध्यक्षमा कृष्ण

समाधान संवाददाता २०७९ जेठ १५ गते १८:१९

पोखरा, १५ जेठ

पोखरामा महानगरपालिका वडा ६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने दोहोरिएका छन् ।

आइतबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले न्यौपानेलाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समितिमा वडा प्रतिनिधि वासुदेव बराल, अभिभावकबाट गिरीराज अधिकारी, बालकृष्ण मल्ल र रमा अधिकारी, वडा शिक्षा समितिबाट तेजनाथ न्यौपाने र शिक्षक प्रतिनिधिमा देवीकुमारी केसी छन् ।

Advertisement

१ सदस्यपछि मनोनित गर्ने गरी ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक ताराप्रसाद पोखरेलले जानकारी दिए ।
अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथै आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्न गर्ने प्रतिवद्धता गरे ।

Advertisement

तपाईको प्रतिक्रिया