मानापाथी हिमालको फेद सानो सरेमा भेटियो तारा एअरको जहाज, थप विवरण आउन बाँकी

जोमसोमआईतबार बिहान १०ः१० मिनेट जाँदा मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एनएईटी जहाज सोमबार थासाङ–२ को पानापाथी हिमालको फेद सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको छ ।
समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटरको अग्लो उचाईमा तारा एअरको जहाज दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।प्रजिअ शर्माका अनुसार थासाङको पानापाी हिमालको फेदं नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार बिहानैदेखि हराएको जहाज खोजी कार्य सुरु गरेको थियो। जहाजपूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने जहाजमा भएका सामान छरपस्ट रुपमा पहाडमा छरिएको जहाज खोज्न गएका युवा सुमित गौचनले जानकारी दिए ।
हराई रहेको जहाज भेटिएपछि जोमसोमबाट ३ वटै सुरक्षा निकायको टोली अहिले उद्दारका लागि घटना स्थलमा पुगेको प्रहरी निरीक्षक रामकुमार दानीले जानकारी दिए ।
तारा एअरको हराएको जहाजको तस्विर हेर्दा जहाजमा यात्रा गर्ने सबै यात्रु तथा चालक दलको सदस्य जिवित फेला पर्ने सम्भावना कम रहेको छ । अहिले जहाजको अवस्था बुझ्न जोमसोमबाट फिस्टेल एअरको हेली घटना स्थल तर्फ प्रस्थान गरेको प्रशासनले बताएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया