भौगोलिक विकटता र मौसम प्रतिकुलताले शव खोज्न कठिनाई
जोमसोम–
भौगोलिक विकटता र मौसम प्रतिकुलताका कारण तारा एअरको जहाज दुर्घटनाक्षेत्रमा पुग्न कठिनाई भईरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।थासाङ गाउँपालिका वडा–२ अन्तर्गत पर्ने मानापाथी हिमाल फेद स्थित सानसरे पहाडमा पुगेर शव संकलन गर्न कठिनाई भएको प्रजिअ शर्माको भनाई छ ।
समुन्द्री सतहदेखि ४५ सय मिटर अग्लो उचाईको सुख्खा नामसारे पहाडमा आईतबार तारा एअरको ९ एनईटी टुईनेटर जहाज दुर्घटनाग्रष्त भएको थियो । सुरक्षा निकाय र स्थानीयले अहिले जहाज दुर्घटना भएको स्थानमा शव खोज्ने प्रयास गरेमा मौसम प्रतिकुलताका कारण झनै कठिनाई भईरहेको प्रजिअ शर्माले बताए । तर,पहिलोदिनको जहाज खोज्ने प्रयास असफल भएपनि पून दोश्रोदिनको बिहान सोमबार यार्सा संकलन गर्ने टोलीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
अहिले तारा एअरको जहाज दुर्घटनाग्रष्त भएको स्थानमा स्थानीय ईन्द्रसिंह शेरचनसहित ६ जनाको टोली घटनास्थलमा पुगेर शव खोजी गर्ने काम गरिरहेको छ । प्रजिअ शर्माले घटना स्थलमा सशस्त्र प्रहरीको २५ जना,नेपाली सेनाको १४ जना र नेपाल प्रहरीको १४ जना गरी ५३ जनाको टोली स्थलगत रुपमा घटना स्थलमा जाँँदै गरेको प्रजिअ शर्माले बताए ।प्रजिअ शर्माका अनुसार दुर्घटना क्षेत्रमा पठाईएका सुरक्षाकर्मी बाहेक अन्य सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको उल्लेख गरे ।
तारा एअरको जहाज दुर्घटना भएको स्थान भौगोलिक विकटता र मौसम प्रतिकुलताले शव संकलनमा कठिनाई भईरहेको छ ।सुरक्षा निकाय पनि नामसरे पहाड जान सुरक्षा ईकुमेन्ट प्रयोग गरेर मात्र जान सकिने भएकाले शव संकलन चुनौती र जोखिम भएको जहाज दुर्घटनाक्षेत्रमा पुगेका स्थानीय ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
यता ,स्थानीय प्रशासनले जहाजमा सवार सबै शवको संकलन गरेर मात्र शवलाई कहाँ लैजाने भन्ने बिषयको निक्र्योल गरिने बताएको छ । शव व्यवस्थापनबारेमा गृह मन्त्रालयसंग निरन्तर छलफल भईरहेको बताएको छ ।
तपाईको प्रतिक्रिया