पोखराका मेयरले रोपेका फूल चोरेको आरोप लागेका व्यक्ति प्रहरीमा बुझाइयो

पोखरा ।
नवनिर्वाचित मेयर धनराज आचार्यले लेकसाइडको सडकका डिभाइडरमा रोपेका फूल चोरीको आरोप लागेका व्यक्ति स्थानीयले वडा प्रहरी कार्यालय बैदाममा बुझाएका छन् ।
फूल चोरी भएको अर्को दिन फेला परेका हुन् । ताल बाराही माविको व्यायामशाला नजिक झोलामा राखिएको अवस्थामा सोमबार फूल भेटिएको हो ।
स्थानीयले सिसी क्यामेराबाट फूल चोर खोजेका थिए । पोखरा ६ का पूर्व वडासदस्य हरि पहारी र स्थानीय राजेन्द्र तिवारीले व्यायामशाला नजिक झोलामा राखिएको अवस्थामा फूल भेटी वडा प्रहरी कार्यालय वैदामलाई बुझाएका थिए । उनीहरुले चोरी गरेको आरोप लागेका व्यक्तिसमेत समातेर भेटेर प्रहरीलाई बुझाएका थिए । ती व्यक्ति सडकमै बस्दै आएको तिवारीले जनाए ।
मेयर आचार्यले सपथ ग्रहणपछि पदभार ग्रहणअघि लेकसाइडको ती सडक डिभाइडरमा फूल रोपेका थिए । उनले पोखरालाई फूलैफूलको सहर बनाउने घोषणा पनि गरेका थिए । मेयर आचार्यले चुनाव अघि जारी गरेको घोषणा पत्रमा एक टोल एक बगैंचा र एक घर ५ गमला र एक फक्रेको फूल कार्यक्रम ल्याइने उल्लेख गरेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया