कार्यपालिका चुनावमा आर्थिक चलखेल नगर्न गठबन्धनलाई एमाले मादीको चेतावनी

पोखरा ।
कास्कीको मादी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचन मंगलबार हुँदैछ । ६ सदस्यका लागि हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले उम्मेदवार उठाएका छन् । कार्यपालिकामा बहुमत पुर्याउन गठबन्धनले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेको एमालेले दाबी गरेको छ । उत्पीडित समुदायका जनप्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेर कार्यपालिकामा बहुमत पुर्याउन गठबन्धन लागेपछि एमाले मादी गाउँपालिका कमिटीले विरोध जनाएको छ ।
पार्टी गाउँ कमिटी अध्यक्ष बालकृष्ण गुरुङले सोमबार विज्ञप्ति निकालेर आचारसंहिता विपरीतका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ञकार्यपालिका सदस्यको निर्वाचनका लागि मतदान गर्ने हाम्रो पार्टीका निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन आचारसंहिता विपरीत आर्थिक लोभ, प्रलोभन देखाउने, धाकधम्की दिने, बारम्बार फोन गरेर मानसिक टर्चर दिनेजस्ता गैरसंसदीय र अनैतिक कार्य गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिबाट भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,झ विज्ञप्तिमा भनिएको छ ।
अटेर गरेर फेरि यस्तै गतिविधि नदोहोर्याउन एमालेले सचेत गराएको छ । ‘यस्ता गैरकानुनी र पदीय मर्यादा विपरीत अवाञ्छित कार्यहरू प्रति घोर निन्दा र भर्त्सना गर्दछौं । अब यस्ता खाले कुकृत्य नगर्न र नगराउन सम्बन्धित सबैमा सचेत गराउँछौँ,’ अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि अटेर गरी यस्ता गतिविधि पुनः दोहोर्याएमा कडा मुकाबिला गरी यस्ता गतिविधिमा संलग्न जोकोही व्यक्तिलाई नछोड्ने समेत चेतावनी दिन चाहन्छौं ।
शान्त तरिकाले कार्यपालिका निर्वाचन गराउनेतर्फ लाग्न एमाले मादी गाउँपालिका कमिटीले सबै सरोकारवालालाई आग्रह गरेको छ । गत ३० वैशाखको चुनावबाट मादी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भएकी थिइन् । गाउँपालिकाको कार्यपालिका २० सदस्यीय हुन्छ । अहिले गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र निर्वाचित वडध्यक्ष गरेर १४ जना पदेन छन् भने ६ जना निर्वाचित हुनेछन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रलोभन देखाएर गठबन्धन गाउँ कार्यपालिकामा बहुमत पुर्याउन चाहन्छ । मादीमा जसको ११ सदस्य निर्वाचित हुन्छन् उसैको बहुमत पुग्छ । अहिले १४ जनामध्ये गठबन्धनका ९ र एमालेका ५ जना छन् । निर्वाचित जनप्रतिनिधिमा एमालेको बहुमत रहेकाले आफ्ना जनप्रतिनिधि जोगाउन सके एमालेको बहुमत पुग्छ ।
मादीका १२ वडामा वडाध्यक्ष, वडा सदस्य गरेर ६० जना र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष गरेर ६२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । त्यसमध्ये एमालेका ३३ र गठबन्धनका २९ जना छन् ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया