विमान दुर्घट्नामा परेका भारतीय जोडी सम्बन्धविच्छेद अघि नेपाल घुम्न आएका थिए

समाधान संवाददाता २०७९ जेठ १६ गते १३:४१

पोखरा ।
तारा एयरलाइन्सको विमानको भग्नावशेष सोमबार बिहान फेला परेको छ । मुस्ताङको थसाङ गाउँपालिका–२ मा आइतबार सम्पर्कविहिन भएको विमान भेटिएको हो ।

Advertisement

विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए । १४ जनाको शव फेला परेको छ । बाँकीको यकिन भइरहेको छ । विमानमा भारतको महाराष्ट्रको ठाणेबाट एकै परिवारका चार जना पनि सवार थिए ।

नेपालस्थित भारतीय दूतावासले ठाणेका अशोक त्रिपाठी, उनकी श्रीमती वैभवी बाँडेकर–त्रिपाठी, छोरा धनुष त्रिपाठी र छोरी ऋतिक त्रिपाठी पनि साेहि विमान सवार रहेकाे जनाएको छ ।

Advertisement

दुबैको सम्बन्धविच्छेद हुन लागेको थियो र मुद्दा अदालतमा थियो । अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै बिताउन भनेको थियो । यसै क्रममा चारैजना नेपाल आएका थिए । दुबै छोराछोरी वैभवीसँग बस्थे, अशोक एक्लै बस्थे ।

प्राप्त जानकारी अनुसार अशोकसँगै उनका काका पनि जान लागेका थिए । तर अन्तिम समयमा उनले योजना परिवर्तन गरे ।

Advertisement

तपाईको प्रतिक्रिया