विमान दुर्घटनामा गोरखाका एकै घरका चार जना
समाधान संवाददाता
२०७९ जेठ १६ गते १४:०८

गोरखा।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा गोरखाका एकै घरका चार जना परेका छन् । मुक्तिनाथ घुम्न गएका सहिद लखन गाउँपालिका–५ तिनमानेका ५२ वर्षीय गणेशनारायण श्रेष्ठको परिवारका चार जना जहाजमा रहेको खबर पाएपछि गाउँले स्तब्ध छन् ।
श्रेष्ठ श्रीमती ४८ वर्षीया रश्मी श्रेष्ठ र छोरीहरु २० वर्षीया रविना श्रेष्ठ र २३ वर्षीया रोजिना श्रेष्ठ विमानमा सवार थिए । अध्ययनको सिलसिलामा अमेरिका रहेका छोरीहरु रविना र रोजिना नेपाल आएको बेला गणेशनारायणको परिवार मुक्तिनाथ घुम्नका लागि पुगेका थिए ।
विमान दुर्घटनामा परेकाहरुको शव काठमाडौं लैजाने जानकारी पाएपछि श्रेष्ठका आफन्त र छिमेकी सोमबार पोखराबाट काठमाडौंं गएका छन् ।
सम्बन्धित








मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
लिचिबारी जग्गा घोटाला : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया