जहाज सवार १६ जनाको शव भेटियो ,हुस्सुसहित पानी परेपछि खोजी कार्य स्थगित

सुन्दरकुमार थकाली २०७९ जेठ १६ गते १४:१०

जोमसोम–

तारा एअरको दुर्घटना ग्रस्त जहाजका यात्रु मध्ये थप २ जनाको शव फेला परेको छ । योसंगै जहाजमा यात्रा गर्ने १६ जनाको शव भेटिएको सशस्त्र प्रहरी नायव उपरिक्षक मोहनजंग कार्कीले जानकारी दिए ।
जहाज दुर्घटनामा परेका अन्य यात्रुको खोजी गर्ने क्रममा पानापाथी हिमालको क्षेत्रमा वर्षा भईरहेकाले दिउँसो १ः४५ बजेबाट शव खोजी गर्ने स्थगित भएको सशस्त्र प्रहरी नायव उपरिक्षक कार्कीले उल्लेख गरे ।
अहिले जहाज दुर्घटना स्थलमा सशस्त्र प्रहरी ,नेपाली सेना र प्रहरीको टोली घटना स्थलमा पुगेर शव खोजी तथा संकलन गर्ने काम स्थगित गरेको र वर्षा रोकिएपछि पुनः शव खोजी गर्ने कार्यलाई निरन्तता दिने प्रहरी नायव उपरिक्षक रामकुमार दानीले जानकारी दिए ।
आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १०ः१० मिनेटमा सम्पर्कविहीन भएको थियो ।जहाज थासाङको मानापाथी हिमाल स्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । जहाजमा यात्रा गरेका यात्रुको शव एकै ठाउँमा जम्मा गरिएको छ । बाँकी ६ वटा शव खोज्न बाँकी रहेको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया