जोखिम अवस्थामा रहेका बालबालिकालाई शैक्षिक सामग्री र ड्रेस वितरण

समाधान संवाददाता २०७९ जेठ १६ गते १५:३५

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघ बाल श्रम न्यूनीकरण कार्यक्रमको आयोजना र पोखरा महानगरपालिकाको समन्वय र किडासा नेपालको सहयोगमा श्रम तथा जोखिम पूर्ण अवस्थामा रहेका ४ सय २८ बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ ।

Advertisement

गण्डकी प्रदेशका कानुन तथा सञ्चार मन्त्री बिन्दुकुमार थापाले पोखरा उद्योग वाणिजय संघले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको बताए । उनले पोखरा उद्योग वाणिज्य संघ व्यवसायीको हक हित र संरक्षणका लागि स्थापना भएकोसमेत बताए । बालबालिकाको शैक्षिक विकासका लागि संस्थाले निरन्तर काम गर्दै आएको उनको भनाइ छ ।

राम आधारभूत स्कुलका प्रधानाध्यापक तीर्थराज न्यौपानेले श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको शैक्षिक गुणस्तर वृद्धका लागि राज्यले दायित्व लिनुपर्ने र उनीहरुको उच्च स्तरसम्म अध्यउन गर्ने वातावरण राज्यले निर्माण गर्नुपर्ने उल्लेख गरे ।

Advertisement

कार्यक्रमम शुक्रराज मावि पुम्दीभुम्दीका प्रधानाध्यापक नरनाथ बराल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला र पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुखका प्रमुख हेमप्रसाद आचार्य, बालश्रम न्यूनीकरणका संयोजक प्रिती पाण्डेले बोलेका थिए । कार्यक्रमको अध्यक्षता बालश्रम न्यूनीकरण कार्यक्रमका अध्यक्ष राजेन्द्र लालचनले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया