विमान दुर्घटना: दुई जनाको शव अझै फेला परेन, १० शव कोबाङ ल्याइयो

समाधान संवाददाता २०७९ जेठ १६ गते १५:५७

पोखरा ।
मुस्ताङमा दुर्घटना भएको तारा एअरको जहाजमा सवारमध्ये २० जना यात्रुको शव भेटिएको छ । अन्य दुईवटा शव भने अहिलेसम्म फेला नपरेको र खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । १० वटा शव कोबाङमा ल्याइसकिएको र अन्य ल्याउने क्रममा रहेको सेनाले जनाएको छ ।

Advertisement

दुर्घटनामा परि मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने तयारी गरिएको छ। पोस्टमार्टमका लागि शव काठमाडौं ल्याउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णु केसीले जानकारी दिए ।

आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको नाइनएनएईटी ट्विनअटर जहाज उडान भरेको केही मिनेटपछि सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका– २, सानुसरेको पहाडमा दुर्घटना भएको जहाज भेटिएको थियो ।

Advertisement

विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किँएर दुर्घटना भएको अवस्थामा सोमबार बिहान भेटिएको थियो। विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको छ ।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः७ बजेपछि सम्पर्कविहीन भएको थियो। पाँच वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया