जोन्टा क्लब पोखरामा मोनिका
पोखरा ।
जोन्टा क्लव अफ पोखराको अध्यक्षमा मोनिका थापा चयन भएकी छन् । क्लबको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनबाट निवर्तमान अध्यक्षमा लिना श्रेष्ठ गोशली, उपाध्यक्षमा रोजिना रञ्जित बिजुक्छे, सचिवमा निलिशा केसी र सल्लाहकारमा अञ्जना तझ्या चयन भए ।
क्लबक एडभोकेसी डाइरेक्टरमा श्रीविद्या कायस्थ, सर्भिस डाइरेक्टरमा अश्विन कार्की, शिक्षा निर्देशकमा स्वेता पिया मल्ल, लिडरसीप एन्ड स्किल डाइरेक्टरमा सृजना कार्की भट्टराई, जोन्टा एन्ड गोल्डेन जोन्टा डाइरेक्टरमा प्रेरणा सेढाईं भट्टराई, अवार्ड एन्ड स्कलरसीप डाइरेक्टरमा नम्रता दाहाल, युएन कमिटी डाइरेक्टरमा सविता श्रेष्ठ र पब्लिक रिलेसन एन्ड कम्युनिकेसन डाइरेक्टरमा कल्पना भट्टराई कार्की छन् ।
जोन्टा ईन्टरनेसनलसँग आबद्ध जोन्टा क्लब अफ पोखरा २०१९ मा स्थापना भएको हो । व्यवसायीक महिलामात्र सदस्य हुने यस क्लबमा हाल २७ सदस्य छन् । क्लबले महिला सशक्तीकरण, महिलामाथि हुने हिंसा र विभेद बिरुद्ध सचेतना कार्यक्रम, महिलामा हुने मासिक मिन्सुरेसनबिरुद्ध हुने हिंसा, यातनाबारे सचेतना कार्यक्रम गर्दै आएको छ ।
पछिल्लो ३ वर्षमा क्लबले पोखरा र लेखनाथ क्षेत्रलाई केन्द्रीत गरेर महिला हिंसा र विभेद बिरुद्ध आवाज उठाउने, सचेतना जगाउने, न्यायका लागि एडभोकेसी गर्ने लगायतका कार्य उल्लेख्य रुपमा गरेको क्लबकी पूर्व सचिव तथा वर्तमान उपाध्यक्ष रोजिना रञ्जित बिजुक्छेले बताइन् । क्लबले पूर्व प्राथमिक शिक्षा क्षेत्रमा सम्बद्ध शिक्षकलाई तालिम, पूर्वाधार निर्माण गरिदिने, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्खरै आमा भएकालाई शिशुका लागि आमाको दूधको महत्वबारे सचेतना कार्यक्रम तथा क्लबका सदस्य तथा युवाहरुलाई नेतृत्व विकास तथा क्षमता विकाससम्बन्धी कार्यक्रम गरेको क्लबकी निवर्तमान अध्यक्ष लिना श्रेष्ठ गोशलीले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया