जहाज दुर्घटना अपडेट : सानुसरे पहाडको खोंचमा अड्कियो शव ,१ शव भेटिएन

सुन्दरकुमार थकाली २०७९ जेठ १६ गते २१:०२

जोमसोम–

Advertisement

पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एनईटी टुईनेटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ को मानापाथी हिमाल स्थित सानुसरे पहाडमा दुर्घटना ग्रस्त हुदाँ जहाजमा सवार चालक दलसहित २२ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ ।जहाज दुर्घटना भएको पहिलो दिन स्थानीय प्रशासनको सहयोगमा ३ वटै सुरक्षा निकाय र स्थानीयले दुर्घटना स्थलको पहिचान र उद्दार कार्य गर्ने सबै प्रयास विफल भयो ।
तर,दुर्घटना भएको दोश्रोदिनको बिहानै भने मानापाथीलेंकमा यार्सा टिप्न गएका सोलुखुम्बुका विशाल घर्ती मगरले देखेपछि दुर्घटना भएको स्थानको पहिचान भयो ।उनले विभिन्न माध्यमबाट जहाज दुर्घटना भएको स्थानको विवरण प्रहरी समक्ष पू¥याएपछि फिस्टेल एअरको माउन्टन हेली त्यसतर्फ पुग्यो । फिस्टेलको हेली दुर्घटना स्थलको रिपोटिङ गराएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ३ वटै सुरक्षा निकायलाई स्थलमार्ग र हवाई मार्गबाट दुर्घटनाक्षेत्रमा पू¥यायो ।

बिहानै ६ बजेबाट जहाज भएको स्थानमा पुगेर उद्दार कार्यमा खटिएको सुरक्षा निकाय र स्थानीयको टोलीले दिउँसो १ः३० बजेसम्म जहाज दुर्घटनामा परी मृत्यु भएका शव संकलन गर्न जुटे । त्यसबेला सम्म सुरक्षा निकायले २१ जनाको शव संकलन गर्न सफल भयो । जहाज दुर्घटना भएको ठाउँ सानोसरेको नजिकै खोांचमा रुखमा अड्किएर बसेका शव निकाल्न भने मौसमले साथ दिएन ।

खराव मौसमका कारण दिउँसो करिव २ बजे शव उद्दार कार्य स्थगित भएपछि दुर्घटना भएको स्थानबाट १० शव माउन्टेन हेली मार्फत थासाङको कोवाङ ल्याईयो । त्यसपछि शवको आवश्यक मुचुल्का तयार गरी दिउँसो ४ बजे १० शव पोखरा हुँदै काठमान्डौं पू¥याईयो ।
खराब मौसमका कारण उच्चलेंकको सानुसरे पहाडमा जम्मा गरिएको १० शव भने बेसी झार्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । जहाज दुर्घटना भएको स्थानमा संकलन गरिएको १० शव भने सोही स्थान नजिर्कको सुरक्षा निकायको आधार शिविरमा राखिएको प्रजिअ शर्माले बताए ।आधार शिविरमा १४ जना नेपाली सेना र २ जना प्रहरी टेन्ट टाँगेर बसेको प्रजिअ शर्माले जानकारी दिए । उद्दारका लागि खटिएको बाँकी सुरक्षाकर्मी भने बेसी झरिसकेको उनले जनाए ।
तारा एअर दुर्घटनामा परेका २० जनाको शव मध्ये १० जनाको शव उच्चलेंकमै सुरक्षा निगरानीमा राखिएको छ भने एक शव भने पत्ता लागेपनि पहाडको खोचमा रहेकाले मंगलबार मात्र शवको उद्दार गरिने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक रामकुमार दानीले जानकारी दिए ।

तर ,१ शव भने बेपत्ता रहेको त्यसको पनि सबै शवको व्यवस्थापन गरी शव खोज्न सुरक्षाकर्मी खटाईने प्रहरी नायव उपरिक्षक दानीले बताए ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया