पल्टिएको ट्यांकर निकालेपछि पोखरा विमानस्थल खुल्यो
समाधान संवाददाता
२०७९ जेठ १७ गते १०:३४
पोखरा ।
पोखरा विमानस्थलको धावनमार्गमा मंगलबार बिहान तेल हाल्न गएको ट्यांकर पल्टिएपछि अवरुद्ध भएको पोखरा विमानस्थल १ घण्टापछि सञ्चालनमा आएको छ । एयपोर्टको धावनमार्गमा प्लेनमा तेल हाल्न गएको ट्यांकर पल्टिएपनि मंगलबार ८ बजेदेखिका उडान अवरुद्ध भएको थियो ।
एयरपोर्टका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पल्टिएको ट्यांकटबाट पोखिएको तेल धावनमार्गमा पल्टिएपछि उडान अवरुद्ध भएकाे थियाे । ‘प्लेनमा निगमको ट्यांकर तेल हाल्न जाँदा धावनमार्गमा पल्टियो । धावनमार्गमै ट्यांकर पल्टिँदा भएको तले पोखियाे । पाेखिएकाे तेलमा प्लेन चिप्लन सक्ने सम्भावना १ घण्टापछि उडान राेकिएकाे थियाे अहिले सुरु भएकाे छ । उनले पोखिएको इन्धन सफा गरिसकेको जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया