स्वागत, सम्मान, उद्घाटन, सभा, समारोहमा नडाक्न मेयर आचार्यको आग्रह

पोखरा ।
पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले स्वागत, सम्मान, उद्घाटन, सभा, समारोहमा नअल्झाइदिन आग्रह गरेका छन् । उनले आफू अब नीति तथा कार्यक्रम बनाउन र महानगरको सेवा कसरी सहज रुपमा महानगरवासीलाई दिने भनेर योजना र कार्यक्रम तय गर्न लाग्दै गरेको जानकारी गराएका छन् ।
मेयर आचार्यको आग्रह निम्नानुसार छः
सम्पूर्ण महानगरवासी बुवा–आमा, दाजुभाइ, दिदी–बहिनीहरू प्रति हार्दिक नमस्कार एवम् अनुरोध ! !
हामी स्थानीय तहको निर्वाचन सम्पन्न गरी पदभार ग्रहण गरिसकेको अवस्थामा यहाँहरूले हामी प्रति देखाउनु भएको सदभावप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
यहाँहरुको अमूल्य मतबाट पोखराको अभिभावकत्व ग्रहण गरी सकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय अबदेखि लगाउने भएको हुँदा हामी नीति तथा कार्यक्रम बनाउन र महानगरको सेवा कसरी सहज रुपमा महानगरवासीलाई दिन सकिन्छ भन्ने योजना तथा कार्यक्रम तयार गर्दै छौं ।
कृपया सम्पूर्ण आम पोखरावासीर यहाँका संघसंस्थाहरुलाई अतिआवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । यहाँहरूको अमूल्य सुझावको अपेक्षा राखेको छु ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया