रोजगार मेला गर्दै गण्डकी प्रदेश सरकार

पोखरा
गण्डकी प्रदेश सरकारले रोजगार मेला गर्ने भएको छ । त्यसबारेमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले सोमबार सरोकारवासँग छलफल गरे । फेरि पनि अझै धेरै सरोकारवालासँग गोष्ठी गरी रोजगार मेलाका लागि मिति तय गरिने जानकारी मन्त्री श्रेष्ठले दिए ।
‘यहाँका उद्यमी, व्यवसायी तथा पर्यटनकर्मीहरुलाई के कति जनशक्ति आवश्यक छ र उहाँहरुले कतिलाई रोजगारी दिनसक्नुहुन्छ भन्नेबारे गोष्ठीमा प्रतिबद्धता लिन्छौं,’ मन्त्री श्रेष्ठले भने ।
मंगलबारको छलफलमा सहभागीले विद्यार्थीको परीक्षा सकिएको मौकामा मेला गर्न उपयुक्त हुने सुझाएका थिए । मन्त्री श्रेष्ठले असंगठिक क्षेत्रमा काम गनेहरुलाई संगठित बनाउन मेला आयोजना गर्न लागिएको जानकारी दिए । ‘हाम्रा उद्यमी व्यवसायीले आफूलाई चाहिने जनशक्ति भेट्नुभएको छैन, जागिर खोज्नेले उद्योगधन्दामा पहुँच पाएका छैनन्,’ उनले भने, ‘दुवैथरीको भेट एकै ठाउँमा हुने मौका रोजगार मेलालले दिनेछ ।’ मेलामै सयौंजनालाई नियुक्ति नै दिने तयारी पूरा गरी मेला आयोजना गरिने उनले सुनाए ।
‘असंगठित क्षेत्रमा काम गर्नेहरु को कहाँबाट आएका हुन् भन्ने जस्ता पहिचानका समस्या पनि छन्,’ मन्त्री श्रेष्ठले भने, ‘त्यो रेकर्ड सरकारले राख्ने, उनीहरुको सामाजिक सुरक्षाको व्यवस्था पनि गर्ने हो ।’ रोजगार मेलाकै सन्दर्भमा व्यवसायी र उद्यमीबाट आवश्यक जनशक्तिबारे सुझेर त्यस्ता जनशक्ति उत्पादन गर्न प्रदेश सरकार लाग्ने जानकारी उनले दिए । ‘तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्छौं, अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुने सर्टिफिकेट पनि दिन्छौं,’ उनले भने ।
प्रदेशभरका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्नका साथै कार्य क्षेत्रमा परिचालन गर्ने गरी मेला आयोजना गरिने उनले बताए । मन्त्रीको संयोजकत्वमा स्टेरिङ कमिटी र सचिवको संयोजकत्वमा कार्यान्वयन समिति बनाएर बेरोजगार र रोजगारदाताको मिलन लगाउनलाई स्थायी ढंगले काम गर्ने मन्त्री श्रेष्ठले सुनाए । मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले मेलामा बेरोजगारले रोजगारी अवसर पाउने, मेलामा सहभागीले जानकारी प्राप्त गर्ने जनाए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया