लाहाचोक चिनाउने पुस्तक बजारमा

समाधान संवाददाता २०७९ जेठ १८ गते १२:५१

पोखरा ।
वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजनामा लाहाचोकलाई चिनाउने पुस्तक लाहाचोक एकः विविधता अनेक कृति लोकार्पण, ज्येष्ठ नागरिक तथा खेलाडी सम्मान कार्यक्रम भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य डा.पुष्पा केसी भण्डारीले लाहाचोकको गौरव र गरिमालाई उचो बनाउन वैदेशिक रोजगार मञ्चले ठूलो योगदान पुर्‍याएको बताइन् । विदेशमा बसेर पनि लाहाचोकलाई एउटा दस्तावेज बनाएर प्रकाशन गर्नेमात्र होइन, आमाबुबालाई सम्मान गर्ने, जन्मभूमिको श्रीवृद्धिमा खट्नेप्रति सम्मान व्यक्त गरिन् । वर्तमान नवनिर्वाचित पालिका पदाधिकारीलाई बधाई ज्ञापन गर्दै भण्डारीले राम्रा कामका लागि तेरो मेरो नभनेर एक भएर अगाडि बढ्न सुझाइन् ।

समारोहमा माछापुच्छ्रे गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ, उपप्रमुख सीता अधिकारी, कार्यकारी अधिकृत विष्णु पोखरेल, लाहाचोकका संस्थापक अध्यक्ष पूर्णबहादुर शाही, वर्तमान वडाध्यक्ष मधुसुदन अधिकारी, लाहाचोक साहित्य सदनका अध्यक्ष लीलाधर अधिकारी, महेन्द्र माविका प्रधानाध्यापक लगायतले बोलेका थिए ।

Advertisement

समीक्षक असफल गौतमले सरकारले गर्नुपर्ने काम वैदेशिक रोजगारमा रहेका युवाबाट हुनु स्तूत्य रहेको बताए । उनले लाहाचोकका विविधता र मञ्चको गतिविधिको ऐतिहासिक दस्तावेजका रुपमा कृति रहेको उल्लेख गरे । समारोहमा पालिका भरीबाट सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गरेका ज्येष्ठ समाजसेवी १० र उदीयमान खेलाडी गरी ११ जनालाई नगदका साथ सम्मान गरिएको थियो । मञ्चका सल्लाहकार राजेश घलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रेम ढकाल, विदुरचन्द्र ढकाल र राजेन्द्र गौतमले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया