अडिओ प्रकरणमा मुछिएका एमालेका कार्यकर्ता निलम्बित

पोखरा ।
नेकपा एमाले कास्कीले तीन जना संगठित कार्यकर्तालाई निलम्बित गरेको छ । बिहीबार एमाले कास्कीले विज्ञप्ति जारी गर्दै ३ जना कार्यकर्तालाई उनीहरुको पदबाट मुक्त र संगठित सदस्यबाट निलम्बिन गरेको हो ।
कारबाहीमा पर्नेमा पोखरा २१ का पार्टी संगठित सदस्य मनोज पहारी, पोखरा ३३ का कमिटीका उपाध्यक्ष महेश अर्याल र पोखरा ३३ पार्टी सदस्य प्रशान्त आचार्यलाई पार्टी संगठित सदस्यबाट निलम्बन गरिएको हो ।
गत स्थानीय तहको चुनावमा एमालेबाट मेयरको उम्मेदवार कृष्ण थापालाई हराउन षयन्त्र रचेको भन्दै उनीहरुलाईड निलम्बन गरिएको एमाले कस्कीका जिल्ला अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार मेयरका उम्मेदवार कृष्ण थापालाई हराउन विपक्ष दलका नेतालाई सघाएकाे अडिआे भेटिएकाले कारबाही गरिएको बताए । ‘स्थानीय तहको चुनावमा पार्टी उम्मेदवारलाई हराउन सार्वजनिक भएका भ्वाइस क्लिप र यसमा संलग्न व्यक्तिहरुसँग पाटीका सम्बन्धित कमिटीले स्पष्टीकरण सोधी निजहरुको बारेमा पार्टी विधानको धारा ८० अनुसार अनुशासन उल्लघंन गगरेको ठहर गरी धारा ८१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढएका छौं,’ विज्ञप्तिमा लेखिएको छ ।
निर्वाचन सकिएर मतगणना भइरहेको समयमा उनीहरुकाे अडियो सार्वजनिक भएको थियो । उक्त अडियाेमा उनीहरुले एकीकृत समाजवादीबाट उम्मेदवार बनेका धनराज आचार्यलाई सघाउने तर, कृष्ण थापालाई हराउन मतदाता भड्काउने अडियाे सार्वजनिक भएकाे थियाे ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया